एनआरएन इन्फ्रास्ट्रक्चरले कमायो ३ करोड बढी नाफा

Garima_Business-Loan3

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डभलपमेन्ट कम्पनीको नाफा उल्लेखीय रुपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि समयमा कम्पनीले ३ करोड ४४ लाख ५१ हजार नाफा कमएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३३ लाख ३४ हजार नाफा कमाएको छ । भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ८८ लाख ८३ हजार नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी उल्लेखीय रुपमा बढ्दा नाफामा सहयोग पुगेको छ । समीक्षा अवधिमा आम्दानी ४ करोड ७९ लाख ३६ हजारले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी ६करोड २१ लाख २४ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल आम्दानी १ करोड ४१ हजार ८८ लाख रहेको छ ।

आम्दानी बढ्दा खर्च समेत बढेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी कुल खर्च ४७ लाख ६१ हजार रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कुल खर्च २३ लाख ४४ हजार रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ १७ पैसा, मूल्य आम्दानी अनुपात ६५ रुपैयाँ ७१ पैसा, प्रति शेयर नेटवर्थ १६७ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रति शेयर सम्पत्तिको मूल्य १८९ रुपैयाँ ७६ पैसा र तरलता अनुपात २१.७७ गुुणा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार