पौन ५ करोडले बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनीको नाफा उल्लेखीय रुपमा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ५४ लाख ५ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ करोड ७४ लाख ७५ हजारले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १५ करोड ७९ ललाख ३० हजार नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी उल्लेखीय रुपमा बढ्दा नाफामा सहयोग पगेको छ । समीक्षा अवधिमा आम्दानी २ अर्ब २४ करोड ९६लाखले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी १७ अर्ब ९७ करोड ७० लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल आम्दानी १५ अर्ब ७२ करोड ७४ लाख रहेको छ ।

कम्पनीको कुल सम्पत्तिमा १२ अर्ब ३२ करोडले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल सम्पत्ति २ खर्ब २५ अर्ब ५२ करोड ४ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल सम्पत्ति २ खर्ब १३ अर्ब १९ करोड ४८ लाख रहेको थियो । ८ अर्ब २० करोड ७९ लाख कुल चुक्ता पूँजी रहेको कम्पनीको कुल इक्विटी १० अर्ब ८३ कररोड ४० लाख सञ्चिती र कुल दायित्व रकम २ खर्ब १४ अर्ब ६८ करोड ६४ लाख रहेको छ ।

आम्दानी बढ्दा खर्च समेत बढेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी कुल खर्च १६ अर्ब ५७ करोड ४ लाख रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कुल खर्च १४ अर्ब ६९ लाख ७२ हजार रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ १ पैसा, मूल्य आम्दानी अनुपात ८७.४१ गुणा, प्रति शेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार