नेप्से सँगै करिब साढे २ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार परिसूचकहरु बढ्दा कारोबार रकम भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३३ अंकले बढेर ४८६.०३ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३२१ वटा कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रहेको छ। जुन बुधबारको तुलनामा २ अर्ब ४० करोड ८३ लाखले बढी हो । बुधबार ३०८ वटा कम्पनीको कुल १ करोड ५३ लाख ६२ हजार कित्ता शेयर कारोबार हुदाँ ७ अर्ब ९१ करोड १९ लाख ७६हजार कारोबार रकम रहेको थियो ।

बिहीबार १५९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार १३ वटा समूह परिसूचकहरु मध्ये ७ वटा समूह बढ्दा ६ वटा समूह घटेको छ । बैकिङ ७, विकास बैंक ६७, होटल र पर्यटन ६४, जलविद्युत ४७, लघुवित्त ४०, म्युअुचल फण्ड २२ र अन्य समूह १३ अंकले बढ्दा वित्त ४, लगानी ०.०३, जीवन बीमा ५, उत्पादन र प्रशोधन २२, निर्जीवन बीमा १२ र व्यापार २३ अंकले घटेको छ ।

बिहीबार सर्वाधिक करोबार हुने शेयरहरुमा जानकी फाइनान्स, न्याङदी ग्रुप, समृद्धि फाइनान्स, नेपाल फाइनान्स र पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो । जानकी फाइनान्सको ३५ करोड २४ लाख, न्याङदी ग्रुपको ३१ करोड ६ लाख, समृद्धि फाइनान्सको २७ करोड ५८ लाख, नेपाल फाइनान्सको २१ करोड ६३ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड ७६ लाख बराबर करोबार भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार