CLI

कृषि सामग्री कम्पनीले गर्‍यो २५ हजार टन डिएपी मल ल्याउन टेण्डर आह्वान

काठमाडौं । कृषि सामग्री कम्पनीले थप २५ हजार टन डिएपी मल ल्याउन टेण्डर आह्वान गरेको छ।

टेण्डरका लागि मंगलबार एक सूचना जारी गरिएको कम्पनीका प्रवक्ता पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार मल ल्याउन कम्पनीहरूले मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

कृषि मन्त्रालयका अनुसार कृषि सामग्रीले ३८ हजार ४६२ टन युरिया र १३ हजार ६८४ टन डीएपी आयात गरेका छ । त्यस्तै साल्ट ट्रेडिङले ५ हजार ७७८ टन युरिया आयात गरेको छ ।

यसअघि सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले २५ हजार टन डिएपी मल ल्याउन ठेक्का पाएको थियो।

 

Leave Your Comment

Related News