काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले २०८० पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
सो सभाले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।