पौने ४ करोडले बढ्यो स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा

Garima_Business-Loan3

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उल्लेखनीय रुपमा बढेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ३ करोड ६८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ८७ दशलमव ७५ प्रतिशत वृद्धि भएको हो । गत आवको सो अवधिमा कम्पनीले १ करोड ९६ लाख नाफा कमाएको थियो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवमा १ करोड ४४ लाख रहेकोमा चालू आवमा ४ करोड ५४ लाख पुगेको छ ।
चुक्तापूँजी ७६ करोड ११ लाख रहेको कम्पनीले पहिलो त्रैमाससम्ममा जगेडामा २६ करोड ७५ लाख र सञ्चित मुनाफामा १६ करोड २८ लाख सञ्चिति गरेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी गत आवमा ७ करोड ८३ लाख रहेकोमा चालू आवमा बढेर १२ करोड ७९ लाख पुगेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५१ पैसाबाट बढेर २१ रुपैयाँ ९५ पैसा (वार्षिकीरकण) पुगेको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ६४ रुपैयाँ १४ पैसा रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार