साढे ६ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको हायर पर्चेज कर्जा

Garima_Business-Loan3

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरण घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौंसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ५९ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधन खरिदबिक्रीका लागि १ खर्ब ३१ अर्ब ६३ करोड रुपैयाँ वितरण गरेको थियो ।

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको यातायात क्षेत्रमा समेत परेको बैंकरहरु बताउछन् । बैंकरहरु अनुसार बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जा प्रवाहको लागि निरन्तर प्रयास गरे पनि कर्जा लिने व्यक्तिको अभावमा समस्या देखिएको हो ।

चालु आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३ अर्ब १३ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ११ अर्ब १२ करोड रुपैयाँ प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकले सवारी साधन कर्जास्वरुप १३ अर्ब ७९ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३ अर्ब १९ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सवारी साधन कर्जास्वरुप १६ अर्ब ९८ करोड ८० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब २४ करोड १० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २७ करोड ५० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ५१ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो । सवारी साधनको बजार समेत चलयमान हुन नसक्दा सवारी साधन कर्जा घटेको विज्ञहरु बताउछन् । बजार र लगानी गर्ने ठाँउका अभाव कारणले गर्दा पैसा चल्न नसक्दा लगानीकर्ताहरुले लगानी उठाउन नसक्दा सवारी साधनको माग हुन नसकेको विज्ञहरु बताउछन् । पछिल्लो समय निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी साधनहरुको बिक्री माग रहेको व्यवसायीहरुले बताएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार