समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड ४ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । समता घरेलु लघुवित्तको  एफपीओको  बाँडफाँड  भएको छ । कम्पनीको एफपिओ आज बिहान बाँडफाँड गरेको हो ।

कम्पनीले कार्तिक ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपिओ १२ देखि कार्तिक २० गतेसम्म सर्वसाधारणको लागि  बिक्रि गरेको थियो । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो ।

क्यापिटलका अनुसार यस निष्काशनमा १३ लाख ४८ हजार ९ सय १२ जनाले १ करोड ९६ लाख ९६ हजार १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १३ लाख ४७ हजार ५ सय १३ जनाको मात्र आवेदन योग्य भएको छ।

माग भन्दा बढीको आवेदन भएकोले गोलाप्रथाबाट कम्पनीको शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ३५ हजार ९० जनाले कम्पनीको शेयर पाएका छन् । शेयर पाउने ३५ हजार ९० जना मध्येबाट ४ जनाले ११ कित्ता शेयर, १ जनाले १०.२५ कित्ता शेयर र बाँकीले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६९.४८:३०.५२ कायम गर्नको लागि एफपीओ निष्काशन गरेको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार