मंसिरका लागि ११ बैंकको ब्याजदर घटाए, कुनको कति?

काठमाडौं । मंसिरका लागि ११ बैंकले ब्याजदर स्थिर राखेका छन् । सञ्चालनमा रहेको २० वाणिज्य बैंक मध्ये ११ वटाले आफ्नो ब्याजदर घटाएका हुन् । यस्तै ८ बैंकले ब्याजदर स्थिर राखेका छन् भने एकले भने ब्याजदर बढाएको छ ।

ब्याजदर बढाउने राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको मंसिरमा अधिकतम ब्याजदर ५.८० प्रतिशत रहेकोमा कात्तिकका लागि ०.२ प्रतिशत विन्दुले ब्याजदर बढाएर ६ प्रतिशत पुर्याइएको छ ।

ब्याजदर स्थिर राख्नेनमा हिमालयन, एभरेष्ट, प्रभु, नेपाल, सिद्धार्थ नेपाल एसबीआई, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले छन् ।

नयाँ ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बनेको छ । एनआईसीले अधिकतम ६.७९ प्रतिशत ब्याज दिनेछ । सबैभन्दा कम लक्ष्मी सनराइनको छ । बैंकको अधिकतम ब्याजदर ५.५ प्रतिशत तोकिएको छ ।

कात्तिकको ब्याजदर

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार