लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल लिमिटेडले मङ्सिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । यसअनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल, स्टार मल, पुतलीसडक, काठमाडौं तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार