नेपाल टेलिकमको आम्दानी सँगै घट्यो नाफा

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १४.२० प्रतिशत कम खुद नाफा गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड खुद नाफा कमाउँदा गत वर्षको सोहि अवधिमा २ अर्ब २ करोड भन्दा बढी खुद नाफा गरेको थियो ।

कुल आम्दानी यस वर्ष ५.४९ प्रतिशत कम भएको छ । गत वर्ष १० अर्ब ६४ करोड भन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १० अर्ब ६ करोड भन्दा बढी कुल आम्दानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १८ अर्ब छ भने जगेडा कोष रकम भने ७८ अर्ब ३१ करोड ५८ लाख भन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५३५ रुपैयाँ ९ पैसा छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार