जीवन बीमा कम्पनीहरुको नाफा १९ प्रतिशतले बढ्यो, सबैभन्दा बढी हिमालयन लाइफले कमायो नाफा

काठमाडौं ।मुलुकमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले १ अर्ब ६२ करोड २० लाख नाफा कमाएका थिए ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा हिमालयन लाइफ, नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेनस कम्पनीहरु रहेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन लाइफले २५ करोड ३७ लाख, नेपाल लाइपले २० करोड ५४ लाख, रिलायबल नेपाल लाइफले १९ करोड ९३ लाख , सन नेपाल लाइफले १६ करोड ६१ लाख, आइमएइ लाइफले १४ करोड ५० लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा हिमालयन लाइफले २४ करोड १३ लाख, नेपाल लाइपले १५ करोड ७९ लाख, रिलायबल नेपाल लाइफले १ करोड ९४ लाख , सन नेपाल लाइफले १६ करोड ५३ लाख, आइमएइ लाइफले १३ करोड ३ लाख नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफले १३ करोड ८३ लाख, एशियन लाइफले १३ करोड २९ लाख, सानिमाले १३ करोड २९ लाख, सिटिजन लाइफले १३ करोड ९ लाख, प्रभु महलाक्ष्मीले १२ करोड ६२ लाख र सूर्यज्योति लाइफले ११ करोड ५३ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफले १३ करोड २ लाख, एशियन लाइफले ९ करोड ३५ लाख, सानिमाले ११ करोड ८ लाख, सिटिजन लाइफले७ करोड १४ लाख, प्रभु महलाक्ष्मीले १० करोड र सूर्यज्योति लाइफले ११ करोड २५ लाख नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मेट लाइफले ९ करोड ६५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाले ७ करोड ८८ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीहरुले २ करोड २६ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेट लाइफले ९ करोड २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाले ५ करोड ८१ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीहरुले ३ करोड ७८ लाख नाफा कमाएको छ ।

समीक्षा अवधिमा ९९ प्रतिशत जीवन बीमा कम्पनीहरुले नाफामा वृद्धि गर्दा राष्ट्रिय जीवन बीमा कम्पनीले नाफामा वृद्धि गर्न सकेको छैन । बीमा कम्पनीहरुको आम्दानी बढे सँगै नाफामा वृद्धि भएको विज्ञहरु बताउछन् । पछिल्लो समय बिमतिको संख्या समेत बढ्दा जीवन बीमा कम्पनीहरुको आम्दानी समेत बढेको विज्ञहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार