क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने

Garima_Business-Loan3

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । महासंघको दशौँ र एघारौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त निवार्चित गरेको हो ।

बर्दिवासमा सम्पन्न अधिवेशनबाट तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट रामनारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लीलाधर बराल, लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा देवराज तामाङ चुनिएका छन् भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । साथै, सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोद राज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव, सन्तोष यादव निर्वाचित भएका छन् । महासंघको अध्यक्षमा पुनः निर्वाचित भएसँगै न्यौपानले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरकारवाला निकायलाई अवगत गराएको र आगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मिहनेत गर्ने बताए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार