यी हुन् २० सर्वाधिक शेयर कारोबार हुने कम्पनी

Garima_Business-Loan3

काठमाडौं । साताको पहिलो दिन शेयर बजार र कारोबार रकम दुवै बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेर ४८५.९१ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार सर्वाधिक कारोबार हुनेमा न्याङदी ग्रुप, समृद्धि फाइनान्स कम्पनी, जानकी फाइनान्स, सिँगटी हाइड्रो इनर्जी र नेपाल फाइनान्स रह्यो । न्याङदी ग्रुपको ४५ करोड १७ लाख, समृद्धि फाइनान्स कम्पनीको ४१ करोड ८२ लाख, जानकी फाइनान्सको ३५ करोड ४० लाख, सिँगटी हाइड्रो इनर्जीको ३४ करोड र नेपाल फाइनान्सको २३ करोड १५ लाख बराबर करोबार भयो ।

आइतबार ३२६ वटा कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रहेको छ । जुन बिहीबारको तुलनामा १ अर्ब ४० करोड ६४ लाख २५ हजारले बढी हो । बिहीबार ३२१ वटा कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ३२ करोड ३ लाख ३१ हजार रहेको थियो ।

आइतबार बजार पुँजीकरण रकम ४३ खर्ब ८४ अर्ब ८३ करोड १२ लाख रह्यो । आइतबार १४५ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार