राष्ट्र बैंकले भन्यो- साइबर ठगीमा विद्यार्थीहरु सबैभन्दा बढी संलग्न भए

Garima_Business-Loan3

काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर सक्षम ठगीमा युवा विद्यार्थीहरुको सबैभन्दा बढी संलग्नता रहेको पाएको छ । राष्ट्र बैंकले साइबर प्रविधिमा आधारित ठगीको विषयमा तयार पारेको प्रतिवेदनमार्फत् उक्त कुरा सार्वजनिक गरेको हो ।

आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुरुप सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका  ‘साइबर सक्षम ठगी’  सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट यस प्रकारको शङ्कास्पद कारोबारमा १८ / २४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा , विद्यार्थी  व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको छ । प्रतिवेदनमा ‘साइबर सक्षम ठगी’ का विशेषता र ‘साइबर सक्षम ठगी’ मार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ ।

यसै गरी, अधिकांश शङ्कास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य ४४ वटा उपहार/पार्सल, सामाजिक सञ्जाल, झुटो अनलाइन व्यवसाय, चिठा लगायतका तरिकाको प्रयोग भएको पाइएको छ ।

प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय अनुसन्धानकारी निकाय अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ ।

राष्ट्र बैंक अन्तर्गत वित्तीय जानकारी इकाइले तयार गरेको उक्त प्रतिवेदनमा यस वर्ष साइबर प्रविधिमा आधारित ठगी ‘साइबर सक्षम ठगी’ का विषयमा तयार पारेको प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरी आइतबार सार्वजनिक गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ)  मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था अनुरुप उक्त कार्य गरेको हो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार