बीमा कम्पनीले गरे बाढी पहिरो क्षतिवापत् ६१ करोड बीमा भुक्तानी, मागदाबी भने ११ अर्ब (सूची सहित)

काठमाडौं । असोज दोस्रो साता आएको बाढी पहिरो पीडितलाई बीमाबापत्को रकम भुक्तानी गरिएको छ । बुधबार सम्म परेको बीमा दाबीवापत् ६१ करोड ७ लाख ९३ हजार ३८७ रुपैयाँ २३ पैसा भुक्तानी गरिएको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।

भुक्तानी भएको दाबी संख्या ९०२ रहेको छ । ३ हजार ४१८ बीमतिले बाढी पहिरोबाट धनजनको क्षति भएको भन्दै बीमाबापत् ११ अर्ब ८२ करोड ६ लाख ११ हजार ९३० रुपैयाँ ३८ पैसा दाबी भुक्तानी गरेका थिए ।

प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीहरुले उक्त रकम भुक्तानी गरेका हुन् । सबैभन्दा बढी सम्पत्ति बीमा, इन्जिनियरिङ्ग तथा ठेकदार जोखिम, सवारी साधन बीमाबापत्को रकम भुक्तानी गरिएको छ ।

सम्पत्ति बीमावापत् ४६ करोड ७० लाख, इन्जिनियरिङ्ग तथा ठेकदार जोखिमवापत् ३ करोड ११ लाख २८ हजार, सवारी साधन निजी ६ करोड १६ लाख ९७ हजार, सवारी साधन (सार्वजनिक) ४ करोड ३० लाख, पशुपन्छी २४ लाख ९२ हजार , सामुद्रिक बीमावापत् ७ लाख २१ हजार , कृषि बालीवापत् २८ लाख ४० हजार र विविधिवापत् १८ लाख १२ हजार भुक्तानी गरिएको छ ।

सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार