२ खर्ब ६२ अर्ब पुग्यो घरजग्गा आवास कर्जा

काठमाडौं ।  पछिल्लो समय घरजग्गा व्यवसाय (रियलस्टेट) कर्जाको माग बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको भदौसम्म घरजग्गा कर्जास्वरुप २ खर्ब ६२ अर्ब ८३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१ अर्ब ७७ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४१ अर्ब ५ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गा व्यवसाय कर्जा वितरण बढाउदा समग्र कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको भदौ वाणिज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३ अर्ब ४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब ९ अर्ब ४१ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्म विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २९ अर्ब ६८ करोड ४० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७ अर्ब ६१ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २२ अर्ब ६ करोड ६० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्म वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप १० अर्ब ६९ करोड ६० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ११ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप ९ अर्ब ५७ करोड ९० लाख रुपैयाँ वितरण गरेको थियो । जग्गा खरिद सँगै घर निर्माण पनि विस्तारै बढ्दै जाँदा घरजग्गा व्यवसाय कर्जाको माग बढेको विज्ञहरु बताउछन् । सरकारले जग्गा वर्गीकरण नीति ल्याए सँगै जग्गाको खरिदबिक्री प्रभावित बने पनि पछिल्लो समय भने घरजग्गाको माग बढ्दै जाँदा कर्जाको मागमा समेत वृद्धि भएको विज्ञहरुको भनाई छ । मानिसलाई घर नभई नहुने वस्तु हो भने घर बनाउनका लागि जग्गा नभई हुदैन त्यसैले गर्दा बैंक तथा वित्तीय संस्थासँग कर्जा माग गर्दै यसमा लगानी गर्नेको संख्या बढ्दै गएको विज्ञहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार