काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई ९ हजार जरिबाना तिरायो, आठ फाइनान्सका सीईओलाई सचेत गराइयो
-
दुई विकास बैंक राष्ट्र बैंकको कारबाहीमा, सात बैंकका सीईओलाई सचेत गराइयो
-
समपूरक र विशेष अनुदान कार्यविधि स्वीकृत गर्ने सहित मन्त्रिपरिषद्को निर्णय सार्वजनिक
-
मध्यपहाडी लोकमार्गले सहज बन्दै तेह्रथुमका स्थानीयको दैनिकी
-
हालसम्म दुई वटा जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश
-
लघु जीवन बीमा कम्पनीहरुको व्यापार ५१ करोड माथि