आज शेयर कारोबार नहुने

Garima_Business-Loan3

काठमाडौं । सरकारले प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै आज सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

मन्त्रिपरिषद्को आजको बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आजै ढुंगानाको पार्थिव शरिरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ । स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने छ । ढुंगनाको आइतबार ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार