सयपत्री हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

Garima_Business-Loan3

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको मङसिर२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात् एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने पनि जनाएको छ । आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी आठौं वार्षिक साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।

हकप्रद शेयर निष्कासनपछि प्राप्त हुने रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानीगर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधारका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी ६० करोड पुग्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार