कात्तिकमा घरजग्गा कारोबार बढ्यो

काठमाडौं । कार्तिक महिनामा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिकमा देशभर ३३ हजार ५०० संख्यामा घरजग्गा कारोबार भएको छ।

विभागको तथ्यांक अनुसार असोजको तुलनामा कात्तिकमा भएको कारोबार ९.७८ प्रतिशत बढी हो। असोजमा देशभर ३० हजार ५२७ संख्यामा घरजग्गा कारोबार भएको थियो।

तर, भदौको तुलनामा कात्तिकमा भएको कारोबार सामान्य देखिन्छ। भदौमा देशभर ३२ हजार ७०० संख्यामा घरजग्गा कारोबार भएको थियो।

त्यस्तै, साउनमा देशभर ४३ हजार ८०० संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ।

गत आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनाको तुलनामा भने चालु आर्थिक वर्षको कात्तिकमा २८.६७ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिन्छ।

गत वर्ष कात्तिकमा देशभर २ हजार ६०० संख्यामा घरजग्गा कारोबार भएको थियो।

सरकारलाई घरजग्गा कारोबारबाट कात्तिक महिनामा २ अर्ब ७० करोड प्राप्त भएको छ। जुन असोजको तुलनामा १ अर्ब कम हो। असोजमा घरजग्गा कारोबारबाट ३ अर्ब राजस्व वृद्धि भएको थियो।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार