स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा मङ्सिर २५ मा, लाभांश प्रस्ताव पेश गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ३८औं वार्षिक साधारणसभा मङ्सिर २५ गते गर्ने भएको छ । बैंकको मङ्सिर ३ गते बसेको सञ्चालक समितिको बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ दशलमव ५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्न र आवश्यक परेको खण्डमा प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।

साथै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयाजनको लागि बैंकले मङ्सिर ६ गते क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा भोलि अर्थात मङ्सिर ४ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार