तीन महिनामा चार खर्ब बढी रेमिटेन्स भित्रियो, श्रम स्वीकृति घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिटेन्स) आप्रवाहमा वृद्धि भएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड पुगेको बताएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार