३ महिनामा अन्तर–बैंक कारोबार ४ खर्ब नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक कारोबारमा कमी आएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा वाणिज्य बैंकहरुको ३ खर्ब ७१ अर्ब २५ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ३१ अर्ब २० करोड गरी कुल ४ खर्ब ०२ अर्ब ४५ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १३ खर्ब ९ अर्ब ७३ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ८४ अर्ब ३५ करोड गरी कुल १४ खर्ब ९४ अर्ब ८ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

राष्ट्र बैंकले वित्तीय पहुँच तथा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भइरहेको बताएको छ । बैंक तथा वित्तीय संस्थाहरु (लघुवित्त वित्तीय संस्था समेत) को
शाखा संख्या २०८१ असार मसान्तमा ११ हजार ५३० रहेकोमा २०८१ असोज मसान्तमा ११ हजार ५३९ रहेको जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार