नेप्सेसँगै १ अर्ब २५ करोडले घट्यो कारोबार रकम, शतप्रतिशत घट्यो समुह परिसूचक

काठमाडौं । सार्वजनिक बिदा पश्चयात खुलुको शेयर बजारमा नेपाल स्टक एक्सचेन्ज, नेप्से सँगै कारोबार रकम समेत घटेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ७.७४ अंकले घटेर ४७८.१६ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार ३१० वटा कम्पनीको २ करोड २५ लाख ८८ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख २० हजार रहेको छ । जुन आइतबारको तुलनामा १ अर्ब २५ करोड ८४ लाखले कमी हो । आइतबार ३२६ वटा कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रहेको थियो ।
मंगलबार बजार पुँजीकरण रकम ४३ खर्ब ३ अर्ब ४४ करोड १७ लाख पुग्यो । मंगलबार २० वटा कम्पनीको शेयर मूल्य बढ्दा २२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार १३ वटा समूह परिसूचक घटेको छ । बैकिङ १७, विकास बैंक १३०, वित्त ८६, होटल र पर्यटन २२५, जलविद्युत १११, लगानी २.२४, जीवन बीमा २६३, उत्पादन र प्रशोधन १०३, लघुवित्त ७९, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा २२५, व्यापार ८० र अन्य समूह ३३ अंकले घटेको छ ।

मंगलबार सर्वाधिक कारोबार हुनेमा न्याङदी ग्रुप, समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, पिपुल्स हाइड्रोपावर र सिँगटी हाइड्रो रह्यो । न्याङदी ग्रुपको ४६ करोड ६८ लाख, समृद्धि फाइनान्स कम्पनीको २९ करोड ८ लाख, पोखरा फाइनान्सको २४ करोड ९२ लाख, पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख र सिँगटी हाइड्रोको २३ करोड ७५ लाख कारोबार रकम पुग्यो ।

सोमबार भने सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सार्वजनिक बिदा दिए सँगै नेप्से बन्द रहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार