७८ खर्ब ३३ अर्ब तरलता प्रशोचन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पछिल्लो तीन महिनामा ७८ खर्ब (कारोबारमा आधारित) बढी तरलता प्रशोचन गरेको बताएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन बोलकबोलमार्फत ५ खर्ब ९० अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधामार्फत ७२ खर्ब ४२ अर्ब ८५ करोड गरी कुल ७८ खर्ब ३३ अर्ब ४० करोड कारोबारमा आधारित तरलता प्रशोचन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ३ खर्ब ६३ अर्ब ४५ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ४७ करोड खुद खरिद गरी १ खर्ब ९६ अर्ब ७९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २६ करोड खुद खरिद गरी १ खर्ब ६६ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर ८२ करोड २० लाख बिक्री गरी १ खर्ब १५ अर्ब ६६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार