सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ४ गते मंगलबार २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश: ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८१)

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार