१० लघुवित्तको नाफा ५० करोड ३६ लाख, सबैभन्दा बढी छिमेकले कमायो मुनाफा

काठमाडौं । लघुवित्त संस्थाहरुको मुनाफा ५० करोडले नाघ्योको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ वटा लघुवित्त मध्ये १० वटा लघुवित्तको मुनाफा ५० करोड ३६ लाख ८३ हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १ करोड २३ लाख ४१ हजारले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० वटा लघुवित्तको मुनाफा ५१ करोड ६० लाख २४ हजार रहेको थियो ।
समीक्षा अवधिमा सबैभन्दा बढी मुनाफा कमाउनेमा छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, स्वबलम्बन लघुवित्त लगायतका संस्थाहरु रहेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छिमेक लघुवित्तले २३ करोड ७४ लाख ८७ हजार, जीवनविकास लघुवित्तले ९ करोड ९३ लाख ८५ हजार, स्ववलम्बन लघुवित्तले ६ करोड ७४ लाख १० हजार, आशा लघुवित्तले ५ करोड ३४ लाख १३ हजार नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा छिमेक लघुवित्तले २२ करोड ११ लाख १९ हजार, जीवनविकास लघुवित्तले १२ करोड ५ लाख १४ हजार, स्ववलम्बन लघुवित्तले ३ करोड १८ लाख ८१ हजार, आशा लघुवित्तले २ करोड ६४ लाख १८ हजार नाफा कमाएका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महिला लघुवित्तले २ करोड ३३ लाख ४२ हजार, विन नेपाल लघवित्तले १ करोड ३९ लाख ३२ हजार, नेष्डो समृद्ध लघवित्तल ७९ लाख, माहुली लघुवित्तले ४ लाख ४९ हजार, सम्पदा लघुवित्तले २ लाख ६ हजार, एनआइसी एशिया लघुवित्तले ६८ हजार नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोहि अवधिमा महिला लघुवित्तले १ करोड ८ लाख ८१ हजार, विन नेपाल लघवित्तले १ करोड १३ लाख ६६ हजार, नेष्डो समृद्ध लघवित्तले २ करोड ६६ लाख ७६ हजार, माहुली लघुवित्तले १ करोड ५५ लाख ४० हजार, सम्पदा लघुवित्तले ६७ करोड ४६ लाख, एनआइसी एशिया लघुवित्तले ४ करोड ४८ लाख ४२ हजार नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तहरुको नाफा घटबढ भएको देखिन्छ । आफनो वित्तीय अवस्था सुधार गर्न नसक्दा कतिपय लघुवित्तहरुले गत वर्षको तुलनामा ज्यादै न्यून नाफा कमाएको जानकारहरु बताउछन् । अर्थतन्त्र चलयमान हुन नसक्दा लघुवित्तहरुको नाफा समेत प्रभावित बनेको विज्ञहरुको भनाई छ ।
समीक्षा अवधिमा कति आधा दर्जन जति लघुवित्तले भने नोक्सानी व्यहोर्नु परेको छ , जसमा अभियान लघुवित्त, स्वभिमान लघुवित्त लगायतका संस्थाहरु रहेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार