सूर्यज्योति लाइफ इन्स्योरेन्सको २७ हजार ३२१ कित्ता संस्थापक शेयर बिक्रीमा

Garima_Business-Loan3

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको २७ हजार ३२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्सले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै संस्थापक शेयरधनी रमेश चोखानीको २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा राखेको हो ।

सूचना प्रकाशित भएको ३५ दिन भित्रमा संस्थापक समूहका शेयरधनीहरुले उक्त शेयर खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न चहाने संस्थापकले आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर रेट उल्लेख गरी रितपुर्वक शिलबन्दी बोलपत्र मार्फत शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली–११ काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति/संस्थालाई बिक्री गर्ने प्रकृया अघि बढाइने सूचना उल्लेख छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार