अर्थसहित तीन समितिको बैठक बस्दै

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

बुधबार अर्थ समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक ११ बजे सुरु हुनेछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ११:३० बजेदेखि सुरु हुनेछ ।

अर्थ समितिको बैठकमा समितिमा प्राप्‍त विधेयकमाथिको कार्यवाहीका लागि प्राथमिकता र कार्ययोजनाबारे छलफल हुनेछ । छलफलमा अर्थमन्त्री विष्णु पौडेलसमेत उपस्थित हुनेछन् ।

त्यस्तै, मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपायबारे समितिमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, विधायन व्यवस्थापनको समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

संघीयता सबलीकरणको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल हुने कार्यसूची छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार