सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन प्रति तोला ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बुधबार छापावाला सुन प्रति तोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको छ । मंगबार छापावाला सुन प्रति तोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार