CLI

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज (बिहीबार) ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर ९ गते, आइतबार बुकक्लोज गर्दैछन् । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्राइम कमर्सियल बैंकले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको हो। सभा बिहान ११ बजेबाट शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

ग्लोबल आइएमई बैंकले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान १० बजेबाट शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Leave Your Comment

Related News