CLI

पतञ्जलि कृषि एवं पशुपक्षीजन्य सबैभन्दा बढी कर तिर्ने उद्योग

वीरगञ्ज। बारा–पर्सा कोरिडोरमा सञ्चालित पतञ्जलि आयुर्वेद प्रालि कृषि एवं पशुपक्षीजन्य उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । सरकारले कृषि एवं पशुपक्षीजन्य उद्योगतर्फ सबैभन्दा बढी कर तिरेको सो उद्योगलार्ई उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेको भन्दै उद्योगलाई आन्तरिक राजस्व विभागले हालै एक कार्यक्रमबीच सम्मान गरेको उद्योग व्यवस्थापनले जानकारी दिएको छ । अर्थतन्त्रमा कृषि क्षेत्रको योगदानसमेत अग्रस्थानमा रहेको अवस्थामा कृषि तथा पुशपक्षीजन्य उद्योगतर्फ सबैभन्दा बढी कर दाखिला गर्ने उद्योगको रूपमा देशको आर्थिक विकासको अंगको रूपमा सम्मानित हुन पाएकोमा उद्योग व्यवस्थापनले खुशी व्यक्त गरेको बताइएको छ ।

Leave Your Comment

Related News