शेयर बजारको सबै सुचक घटे, नेप्सेमा ३१ अंकको गिरावट

Garima_Business-Loan3

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको अधिकांश सूचकहरु घट्दा कारोबार रकम बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.५३ अंकले घटेर ४७२.९७ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३१४ वटा कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रह्यो , जुन बुधबारको तुलनामा १ अर्ब १६ करोड ४७ लाख ६४ हजारले बढी हो । बुधबार ३२३ वटा कम्पनीको १ करोड ५४ लाख ६४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रहेको थियो ।
बिहीबार ४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार १३ वटै समूह परिसूचकहरु घटेको छ । बैकिङ १४, विकास बैंक ८४, वित्त १०५, होटल र पर्यटन ११९, जलविद्युत ३२, लगानी ०.९५, जीवन बीमा १८१, उत्पादन र प्रशोधन १०६, लघुवित्त ३५, म्युअुचल फण्ड ०.०४ , निर्जीवन बीमा १५१, व्यापार ३५ र अन्य समूह ३४ अंकले घटेको छ ।

बिहीबार सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स, न्याङदी ग्रुप, रसुवागढी हाइड्रोपावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनी र कर्णाली विकास बैंक रह्यो । नेपाल फाइनान्सको २५ करोड २४ लाख, न्याङदी ग्रुपको २३ करोड ३३ लाख, रसुवागढी हाइड्रोपावर कम्पनीको १९ करोड ७९ लाख, हिमालयन उर्जा विकास कम्पनीको १८ करोड ३० लाख र कर्णाली विकास बैंकको १६ करोड ५० लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार