१५ सयले बढ्यो सुनको भाउ

Garima_Business-Loan3

काठमाडौं । सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रति तोला एक हजार ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार शुक्रबार छापावाला सुन प्रति तोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यले १० रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी प्रति तोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार