अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त: केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्न त अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त भनेका छन् । दरबारमार्गमा आयोजित एमालेको जागरणसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कम्बोडियामा ३२ हजार करोड लगानी गरेको फाल्तु भ्रम फैलाइरहेको बताए। उनले सात पुस्ता पुग्ने अर्बौं सम्पत्तिको मालिक बन्नेहरू पनि यहाँ रहेको बताए ।

‘कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार, तपाइँहरू हेर्न त जान सक्नु हुन्न। भन्दिए भो। त्योमात्र किन भन्ने अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो ल। भन्देउ न भन्दिनका लागि। यस्तो फाल्तु कुरा गरेर हुँदैन। कसले सात पुस्ता र गोरु बेचेको साइनोसम्मकालाई थुपारेर अर्बौं करोडौंको मालिक बनाएका छन्। त्यसका लागि हामी बहस गर्न तयार छौं,’ उनले भने।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार