गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा १८ संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रमहरु आयोजना

Garima_Business-Loan3

काठमाडौं । गरिमा विकास बैंकले आज (शुक्रबार) मंसिर ७ गते १८ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको विकास बैंकले मंसिर ०७ गते शुक्रवार देशभरी निम्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।

१. विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरको छ ।

क. विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन ।

ख. विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट रगत संकलन ।

ग. विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन ।

घ. विकास बैंकको शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन ।

ङ. विकास बैंकको क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन ।

च. विकास बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन ।

छ. विकास बैंकको शाखा कार्यालय, बीरगंजमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन ।

२. जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर (Alcohol Detection Device) र रंगिन प्रिन्टर प्रदान ।

३. कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान ।

४. कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सी प्रदान ।

५. बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान ।

६. श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण ।

७. जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्‍याक प्रदान ।

८. श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान ।

९. मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण ।

१०. श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण ।

११. श्री बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण ।

त्यसै गरी ”स्वस्थ जीवनशैली” का लागि खेलकुुद भन्ने नाराका साथ यस विकास बैंकले मिति २०८१/०८/०८ गते शनिबारका दिन Garima Road Race Competition- 2081 आयोजना गर्दैछ । किर्तिमानी धावक एवं ओलम्पियन  बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्लातर्फ महिला र पुरुष १० कि.मि. र कर्पोरेट तर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ वटा Road Race प्रतियोगितामा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमश: रु.७५,०००/– रु.६०,०००/, रु.४५,०००/–, रु.३०,०००/– र रु.१५,०००/– पुरस्कार प्रदान गर्नेछ । खुल्ला र कर्पोरेट तर्फको Road Race प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा Road Race प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

यस गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चरकर्मी, कर्मचारी तथा शुभेच्छुकहरु प्रति बैंकले हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार