काठमाडौं । सुनको मूल्य बढेको छ । आइतबार सुन प्रति तोला एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार शुक्रबार छापावाला सुन प्रति तोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रति तोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्यले २० रुपैयाँले बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रति तोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।