मनकामना केवुलकार सेवा २७ औं वर्षमा प्रवेश

काठमाडौं । माता मनकामनाको असिम अनुकम्पा र आर्शिवादले साथै यात्रुजनहरूको स्नेहले नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिवद्धता मनकामना केवुलकार सेवा जाहेर गरेको छ ।

यस २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी हाम्रा यस केवुलकारका साथै नेपालकै केवुलकारका स्रष्टा लक्ष्मण बाबु श्रेष्ठलाई सम्झदै उहाँको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै कम्पनीले हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । केवुलकार संचालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ । २६ वर्ष पुगिसकेको यो एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ ।

साथै मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्त्वका साथ गन्तब्य बनाउने हाम्रो लक्ष्य रहने छ । संचालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमश: बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ ।

स्व. लक्ष्मण बाबु श्रेष्ठकै पालादेखि उहाँको पुण्य नीति अनुसार हामीले शुरूदेखि नै सामाजिक व्यवसायिक उत्तरदायी (सीएसआर) नीति अंगाली रहेको छ । यस अन्तर्गत हामीबाट मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको छ । । बिनाशकारी गोरखा भुकम्पमा समेत यस संस्थाले सहयोग गरेको छ । सीएसआर नीति अनुसार नैे केवुलकार टिकट आम्दानीको कुल रकमको १ प्रतिशत/१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र ईच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपको लागि भनी वर्षेनी सहयोग गर्दै आएको छ ।

‘आज हामीलाई यहाँ सम्म ल्याई पुर्‍याउन मद्दत गर्नु हुने सम्पुर्ण यात्रुजनहरू, शहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिकाका हाम्रा सहयोगी मित्रहरू, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्णमा यस कम्पनी हार्दिक कृतज्ञता एवं आभार प्रकट गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार