शेयर बजारका सबै सूचक घटे, नेप्से २६६७ मा खुम्चियो

काठमाडौं । साताको पहिलो दिन कारोबार रकम सहित शेयर बजारको अधिकांश सूचकहरु घटेको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.७६ अंकले घटेर ४७१.२० विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ३२२ वटा कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रह्यो । जुन बिहीबारको तुलनामा ५२ करोड ८७ लाख ८२ हजारले कारोबार रकम कम हो । बिहीबार ३१४ वटा कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रहेको थियो ।

आइतबार बजार पुँजीकरण रकम ४२ खर्ब ४७ अर्ब ३१ करोड ६६ लाख रह्यो । आइतबार ५५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आइतबार २ वटा समूह बढ्दा बाँकी ११ वटा समूह परिसूचकहरु घटेको छ । लगानी ०.०९ र उत्पादन र प्रशोधन ४६ अंकले बढ्दा बैकिङ ८, विकास बैंक ९२, वित्त १३, होटल र पर्यटन ३३, जलविद्युत १५, जीवन बीमा ७३, लघुवित्त ४८, म्युअुचल फण्ड ०.०२ , निर्जीवन बीमा २२, व्यापार ३ र अन्य समूह १५ अंकले घटेको छ ।

आइतबार सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, न्याङदी ग्रुप, वेष्ट फाइनान्स र रसुवागढी हाइड्रोपावर कम्पनी रह्यो ।

जानकी फाइनान्सको ६० करोड ८७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ३३ लाख, न्याङदी ग्रुपको ३६ करोड ३३ लाख, वेष्ट फाइनान्सको २३ करोड ९८ लाख र रसुवागढी हाइड्रोपावर कम्पनीको १८ करोड ५४ लाख करोबार रकम रह्यो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार