२ खर्ब ६८ अर्ब पुग्यो घरजग्गा आवास कर्जा

Garima_Business-Loan3

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय घरजग्गा व्यवसाय (रियलस्टेट) कर्जाको माग बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको असोजसम्म घरजग्गा कर्जास्वरुप २ खर्ब ६८ अर्ब ६ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७ अर्ब ८ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४० अर्ब ९८ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गा व्यवसाय कर्जा वितरण बढाउदा समग्र कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब २५ अर्ब ८९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७ अर्ब ६० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २ खर्ब ८ अर्ब २९ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २२ अर्ब ५ करोड २० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८ अर्ब ८५ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा व्यवसाय कर्जास्वरुप २३ अर्ब २० करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप १० अर्ब ११ करोड ९० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब २९ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा व्यवसाय कर्जास्वरुप ९ अर्ब ४९ करोड ९० लाख रुपैयाँ वितरण गरेको थियो ।

घरजग्गा बजार पूर्ण रुपमा चलयामान हुन नसक्दा पनि घरजग्गा वास कर्जाको माग बढेको हो ।  जग्गा खरिद सँगै घर निर्माण पनि विस्तारै बढ्दै जाँदा घरजग्गा व्यवसाय कर्जाको माग बढेको विज्ञहरु बताउछन् । सरकारले जग्गा वर्गीकरण नीति ल्याए सँगै जग्गाको खरिदबिक्री प्रभावित बने पनि पछिल्लो समय भने घरजग्गाको माग बढ्दै जाँदा कर्जाको मागमा समेत वृद्धि भएको विज्ञहरुको भनाई छ । मानिसलाई घर नभई नहुने वस्तु हो भने घर बनाउनका लागि जग्गा नभई हुदैन त्यसैले गर्दा बैंक तथा वित्तीय संस्थासँग कर्जा माग गर्दै यसमा लगानी गर्नेको संख्या बढ्दै गएको विज्ञहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार