काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण को बिषयमा पुर्व प्रधानमन्त्रीसँग छलफल गर्न लागेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आज विहान ११ बजे प्रधानमन्त्री ओलीले पुर्व प्रधानमन्त्री र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीले भ्रमणका क्रममा सरकारले उठाउनु पर्ने बिषय सुझाव लिने र भ्रमणलाइ कसरी फलदायी बनाउने भन्ने छलफल हे बताइएको छ ।
प्रधानमन्त्री ओली यहि मङ्सिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।