करिब १६ हजारले घट्यो सुनको मूल्य

Garima_Business-Loan3

काठमाडौं । भन्सार दर घटेसँगै सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ तोकेको छ । आइतबारको तुलनामा सुन प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सुनको मूल्य संयोजना गर्दा मूल्य घट्न पुगेको बताए ।
सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो ।

त्यस्तै सोमबार चाँदीको मूल्य ११५ रुपैयाँले घटेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदीको १ हजार ९६० रुपैयाँमा करोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार