सामलिङ्ग पावरले पुस २ गते साधारण सभा गर्दै

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द इन्ट्रान्स क्याफे, ललितपुरमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनी चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ३१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।कम्पनीले पहिलो त्रैमाससम्म विद्युत विक्रीबाट ८ करोड १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार