सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयको विषेश अन्तरक्रिया कार्यक्रममा सम्मान

काठमाडौं ।  सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ । गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित करदातासंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेका हुन् । सम्मानका क्रममा कार्यालयको तपर्mबाट बधाई तथा शुभकामना दिँदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरे ।

सो कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदीन कार्यालयको तपर्mबाट अनुरोध गर्दै कर शिक्षा , वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तब्य पनि हो र सबै जनाले पारदर्र्शी रूपमा कर तिरि समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागी सम्पूर्ण ब्यक्तीहरुलाई अनुरोध गरे । साथै मध्यमस्तरिय करदाता कार्यलयले व्यव्सायीमैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यबाद दिए ।

मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।

कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । सिटी पेबाट रेमिटेन्स भुतmानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार