कम्पयुटरमा भाइरस प्रवेश गरेसँगै पासपोर्ट वितरणलाई समस्या

काठमाडौं । राहदानी विभागको अवरुद्ध सेवा आंशिकरूपमा सञ्चालनमा आएको छ । विभागले सूचना जारी गर्दै राहदानी (पासपोर्ट) सेवा पूर्णरूपमा सञ्चालन गर्न अझै २ साता लाग्ने बताएको छ । यसअघि नै फारम भर्नेहरूलाई भने सेवा दिन थालिएको विभागको भनाइ छ ।

विभागले सञ्चालन गरेको कम्पयुटरमा भाइरस प्रवेश गरे सँगै सेवा दिन नसकेको समेत बताएको छ । पूर्णरूपमा राहदानीको कार्य प्रारम्भ हुन अझै १/२ साता लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

विभागका अनुसार राहदानी आवेदन प्रणाली केही दिनदेखि अवरुद्ध हुँदा सेवा प्रभावित बनेको छ।

१/२ दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने विभागले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार