प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना

Garima_Business-Loan3

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीले सोमबार २ बजेका लागि त्रैमासिक समीक्षा बैठक बोलाएका थिए। त्यो बैठक स्थगन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना छ।

अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये सन्तोष श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम आइतबार मात्रै सिफारिस गरेकाे छ।तीन प्रतिस्पर्धी मध्ये एकजनाको नाम मन्त्रिपरिषद्ले अनुमोदन गर्ने तयारी गरेको बताइएको छ ।

धितोपत्रसम्बन्धी ऐन २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ।

बेल्ट एन्ड रोड इनिशटभ (बीआरआई) अन्तगर्त ऋण वा अनुदान स्वीकार गर्ने विषयमा छलफल हुने बताइएको छ । यद्पि सत्ता साझेदर दल नेपाली कांग्रेसले ऋण स्वीकार गर्न नहुने बताउदै अनुदान लिन आग्रह गर्दै आएको छ । कांग्रेस सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनसँग ऋण नभई अनुदान मात्र लिनु पर्ने अडान राखेका छन् । उनले सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने बताएका हुन् ।

त्यसैगरी दुवै प्रहरी संगठनको नयाँ विधेयक पनि आजको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्न स्वीकृती दिने सम्भावना छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदामा गृहमन्त्री रमेश लेखकले गएको शुक्रबारै हस्ताक्षर गरेका थिए।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार