CLI

चीनबाट ऋण लिन हुदैन, अनुदान मात्र : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन्।

जकपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ऋण लिन नहुने बताएका हुन्।

ऋण लिन सक्ने सामर्थ्य अहिले नेपालसँग नभएको सभापति देउवाले बताए।

‘ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौं,’ सभापति देउवाले भने।

चीन नेपालको मित्र राष्ट्र भएको पनि उनले बताए। ‘चीन हाम्रो मित्र राष्ट्र हो, किन नजाने त्यहाँरु,’ उनले प्रश्न गरे।

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्।

Leave Your Comment

Related News