काठमाडौं । आध्यन्त पन्डड म्योन्जमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ गते हुने भएको छ ।
होटल हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आवको सञ्चिती मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ३ दशलमव ७५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।