नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं वार्षिक साधारण सभा पुस ४ गते

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्च बैंक लिमिटेडले आठौँ वार्षिक साधारण सभा पुस ४ गते कार्की ब्याक्वेट बबरमहल गर्ने भएको छ । मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा कार्की ब्याक्वेट बबरमहल हाइट काठमाडौंमा बिहान ९ः३० बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले बैंकको प्रबन्धपत्रमा संशोधन/थप गर्ने र प्रबन्धपत्रमा संशोधन स्वीकृतिका क्रममा नियमनकारी निकायहरूबाट कुनै फेरबदल परिमार्जन गर्न वा मिलाउन सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलीकरण खर्च गर्ने निर्णय गरेको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले मङ्सिर २१ गते साधारण सभा बोलाएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार